http://www.animationonline.com/
___________________________________________
Find More below:

Tuesday, December 21, 2010

महानायकले फ्यानलाई सोधे 'छोटो कपाल ठीक कि लामो कपाल ?

अनुप भट्टराई, काठमाण्डौ, २०६७ पौष ६, मंगलवार (Source: filmykhabar)


चलचित्र फर्कि आऊको लागि कपाल आफ्नो लामो कपाल काट्न बाध्य भएका महानायक राजेश हमालले दर्शकसँग कपाल कर्टाईको प्रतिक्रिया लिएका छन् । मंगलबार आफू अभिनित पछिल्लो चलचित्र भगावान सवैको हेर्न काठमाण्डौको जमल स्थित विश्वज्योती सिनेमा घर पुगेका हमालले फ्यानहरूसंग त्यस्तो प्रश्न गरेका हुन । विश्वज्योती परिसरमा थुप्रै फ्यानको बीचमा घेरिएका राजेशको छोटो कपाल देखेपछी अचम्म भएका ती फ्यानहरूको प्रतिक्रिया कस्तो होला भन्ने बुझ्दै उनले सोधे 'मेरो छोटो कपाल ठीक कि लामो कपाल ?'  महानायकले त्यस्तो प्रश्न गरेपछी सवै फ्यानहरूले एक मुख हुदै जवाफ दिए लामो कपाल । 

देख्नु भयो त दर्शक प्रतिक्रिया उपस्थित सञ्चारकर्मीसंग  राजेशले प्रश्न गरे । राजेशले भनेका छन् 'सिनेमा नहेर्ने  मान्छेको रोजाई छोटो कपाल हो ।' उनी करिब ३ घण्टा विश्वज्योती हलमा अडिएका थिए र पूरै फिल्म हेरी आफ्नो गन्तब्य  तर्फलागेका थिए । प्राय सिनेमा घरमा देखिनु हुन्न नि कारण के होला भन्ने प्रश्नमा  उनले भनेका छन् ' यहाँ फिल्मको प्रिमियर प्राय बिहान र बेलुका गर्ने चलन छ सो समयमा आफू ब्यस्त हुने भएकाले म प्राय प्रिमियरमा सहभागी हुन्न ।'  उनी करिब ८ बर्षको अन्तरालपछी गएको मंसिर ८ गते बुधबार बाटोमुनिको फूलको प्रिमियरमा सहभागी भएका थिए  । त्यसपछी सिनेमा भवनमा गएर उनले हेरेको चलचित्र 'भगवान सवैको हो ।'


'रिलिजकै दिन हेरूला भन्ने थियो तर आज छुट्टी भयो अनि हेर्न आको' राजेशले जवाफ दिए । प्रदिप श्रेष्ठ निर्देशित उक्त चलचित्र हेर्नु अगाडी, मध्यान्तरको समय र अन्तमा उनले केही फ्यानहरूसंग आफ्नो बारेमा प्रतिक्रिया पनि लिएका थिए । जस मध्ये एक महिला  फ्यानसंग उनले संक्षिप्तमा यसरी कुराकानी गरेका थिए ।


हमाल :  फिल्म हेर्नु भयो त ?
फ्यानः अ हेरे
हमाल : कस्तो लाग्यो ?
फ्यान :  तपाईले खेलेको फिल्म न राम्रो त हुदैहुदैन नी
हमालः मैले खेलेको कस्तो फिल्म तपाईलाई मन पर्छ ?
फ्यान :  दुःखको रोलमा खेलको असाध्यै मन पर्छ त्यस्तै खेल्नु होला ।
केहि भाबुक हुदै हमाल :  थ्याङ्क यू तपाईले आज मेरो ट्याकीमा पेट्रोल भरिदिनु भयो (अर्थात मलाई थप उर्जा दिनु भयो ।)


यस्तै महानायकले अन्य केही दर्शकसंग पनि प्रत्यक्ष आफ्नो अभिनयकोबारेमा प्रतिक्रिया लिएका थिए । एक किसिमको रोल मात्र हैन फरक फरक भूमिकामा आउन फ्यानहरूले  उनलाई  आग्रह पनि गरेका थिए । आशा गरौ  कलकाकारका लागि दर्शक भगवानले गरेको आग्रहलाई महानायकले स्वीकार्नेछन् । 

No comments:

Post a Comment