Source: फिल्मीखबर, २०६७ मंसिर २८, मंगलवार
नेपाली चलचित्रको बजार बिग्रनुको मुख्य कारण के होला ?
चलचित्र बनाउन नजान्ने निर्देशक र जस्तो पायो त्यस्तो अभिनय गर्ने कलाकारले गर्दा चलचित्र राम्रो बन्दैनन् अनि राम्रो चलचित्र नबनेपछी कसरी दर्शकले हेर्नु ?
राम्रो निर्देशकको रूपमा कहलिएका निर्देशकको चलचित्र पनि त चिप्लिएको छ नि !
निर्देशक कै कारणले फिल्म चल्ने भए शिब रेग्मीले निर्देशन गरेको चलचित्र 'कहाँ भेटिएला' सुपरहिट हुने अनि त्यहि निर्देशक आफैंले बनाएको चलचित्र 'मानिस', सुपर फ्लप हुने त पक्कै हुन्न होला । त्यसैले निर्देशक एक्लैले गर्दा फिल्म चल्दैन । यानकी म्यारोडोना एक्लैले गोल गर्न सक्दैन । म्याराडोनालाई पास दिए मात्र उसले गोल गर्न सक्छ नत्र उ अरूले गरेको गोल हेर्न बाध्य हुन्छ ।
तपाईको चलचित्र चल्नुको कारण तपाईले निर्देशकलाई गाईड गरेर हो ?
म मात्र हैन । सम्पूर्ण टिमले गर्दा चलचित्र राम्रो बन्ने हो। तर पनि मैले निर्देशकलाई गाईड गर्छु । ममा निर्देशकलाई गाईड गर्न सक्ने क्षमता छ जस्ले गर्दा पनि मेरा चलचित्र सफल छन् ।
त्यसो भए तपाईं पनि त निर्देशक बन्न सक्नुहुने रहेछ । निर्देशक नबन्ने ?
म नजानेर निर्देशक नभएको हैन । अहिलेका निर्देशकले बनाउने जत्तिको चलचित्र त मैले पनि बनाउन सक्छु तर दर्शकले मलाई अझै नायकको रूपमा स्विकार गरिरहेका छन् । त्यसैले अझै १० बर्ष नायक बन्छु अनि निर्देशनमा हात हाल्छु ।
भनेपछि दर्शकले अझै तपाईं नायक भएर खेल्ने १० चलचित्र हेर्न पाउने भए । हैन त ?
किन म बुढो जस्तो देखिन्छु र ? अझै १० बर्ष सम्म त हिरो हुन दिनुस् न । त्यसपछि अलि बुढो पनि हुन्छु र अझ धेरै कुरा पनि सिकिसक्छु अनि निर्देशक बन्छु ।
लामो समय भयो अरूको व्यानरको चलचित्रमा अभिनय नगर्नु भएको । कारण ?
पहिलो कुरा त म पैसाको लागी जस्तो पायो त्यस्तो चलचित्रमा अभिनय गर्दिन । र अर्को कुरा, अरूको चलचित्रमा अभिनय गर्दा म सन्तुष्ट हुन्न । किनकी त्यहाँ मेरो सोचाई अरूहरूलाई चित्त नबुझ्न सक्छ र राम्रो चलचित्र पनि बनाउँदैनन् । मैले मेरो प्रोडक्सनको चलचित्रमा कुनै कमजोरी नदेखाउने कोसिस गरेको हुन्छु र मेरो चलचित्र राम्रो पनि बनेको हुन्छ ।
साथी म तिम्रोबाट कत्तिको आश गर्नुभएको छ ?
यो चलचित्रमा मेरो भुमिका ससक्त भएपनि म हिरो हैन । यसमा त संगीतकार चेतन सापकोटाको पाँच बर्षिय छोरा शिर्षक सापकोटा हिरो हो । उसको अभिनयलाई दर्शकले रूचाए चलचित्र चल्छ नत्र चल्दैन ।
पाँच बर्षको बच्चालाई हिरो बनाएर चलचित्र चल्छ जस्तो लाग्छ ?
हामी कहाँ चलेका कलाकारलाई लिए चलचित्र हिट हुन्छ भन्ने मान्यता छ तर म त्यसको बिरोधी हुँ । अहिले चलेका कलाकारले अभिनय गरेका सबै चलचित्र फ्लप छन् । त्यसैले चलचित्र त्यसको कथाबस्तु र प्रस्तुतीले चल्ने हो । चलेको टाउको लिने त निर्देशकमा आत्मबिश्वासको कमि भएर हो । ममा आत्मबिश्वास थियो त्यसैले मैले पाँच बर्षिय बच्चालाई हिरो बनाएँ । मलाई पूर्ण बिश्वास छ कि मेरो चलचित्र र मेरो पाँच बर्षिय हिरोलाई सबैले मन पराउनेछन् ।
चलचित्रमा कस्तो कथाबस्तु उठान गर्नुभएको छ ?
यो नेपाली चलचित्र उधोगकै कथा हो । मेरो चलचित्र हेरेपछि हावादारीमा आएर चलचित्र निर्माण गर्ने ५० प्रतिशत निर्माता पलायन हुन्छन् ।
No comments:
Post a Comment